चटकेहरू
नाटक नौटङ्कीमा
पोल्दै र झोस्दै !

रमितेहरू
जुलुसमा त्यै नारा
घोक्दै र खोग्दै ।

खोक्नु भनेको
आगो सल्काउनु हो
घृणाको आगो ।

आगो तापेछन्
चन्दाको धन्दासँगै
लिलाको लिला !

लिलाको लिला !
लोकलाज लोलायो
लोप्पा लगाऊ !

निभाऊ अग्नि !
देशै सल्किदैछ त
खरानी जोख्ने?

खरिद बिक्री
खसीबजार जस्तै
छाम्दै उचाल्दै !

उचाल्दा दुब्लो !
कपाकप एकपा
खान छाड्यौ र?

शपथ खाने
अपमान डकार्ने
नेपाली नेता !

नेताका गाली
सुन्दै र पत्याउँदै
मूर्खका ताली !

माघ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्