मंसिरमा कोरोना पोजिटिभ व्यक्तिको माघमा मृत्यु

नेपालगञ्ज – मंसीर २९ गते कोरोना पोजिटिभ भएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज वलीका अनुसार, मंसीर २९ गते कोरोना पोजिटिभ भएका व्यक्तिलाई पुस १३ गते अस्पतालमा भर्ना गरिएको थियो।

भेरी अस्पतालमा उनको साेमबार राति मृत्यु भयो। बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाका ८८ जना संक्रमितको मृत्यु भइसकेको छ।

माघ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्