धार्केमा एभरेष्ट बैंककाे नयाँ शाखा

काठमाडौं – एभरेष्ट बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ।
बैंकले धादिङको धार्केमा १०१ औँ नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
धादिङको धुनिबेसी नगरपालिका धार्केमा उक्त शाखाको मेयर बालकृष्ण आचार्य र बैंकका नायव महाप्रवन्धक डा. सन्धिर कुमारले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
हाइवेसंँगै रहेको यस शाखामा एटिएम सेवा २४ घण्टा खुल्ला रहने भएकाेले ग्राहकहरुलाई अझै सुविधा पुग्ने बैंकको विश्वास छ।
धार्के तथा यस आसपासका बासिन्दाहरुले अब यस शाखामार्फत आधुनिक पूण बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।