अमेरिकी यातायात मन्त्री बनेर पिट बुट्जजले सुरु गरे नयाँ अध्याय

पिट बट्जज अमेरिकाको यातायात मन्त्री बनेका छन् । राष्ट्रपति जो बाइडेनले उनलाई यातायात मन्त्रीका लागि प्रस्तावित गरेका थिए ।

त्यसपछि माथिल्लो सदन सिनेटमा भएको सुनुवाई तथा मतदान प्रक्रियाबाट उनको नाम अनुमोदन भएको हो ।

सिनेटमा मंगलबार भएको मदानमा पिट ८६–१३ ले यातायात मन्त्रीमा अनुमोदित भएका हुन् । सिनेटबाट सुनुवाई प्रक्रिया पूरा गरेर अनुमोदिन हुने उनी पहिलो समयौनिक मन्त्री बनेका छन् अमेरिकाको इतिहासमा ।

इन्डियानोको साउथ बेन्डका पूर्व मेयर पिट सन् २०२० को राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेदवारीको होडमा आएसँगै राष्ट्रिय राजनीतिका केन्द्रमा तानिएका हुन् ।

राष्ट्रपतिको उम्मेदवारी होडबाट बाहिरिएसँगै उनी जो बाइडेनका प्रिय पात्र बनेका थिए । बाइडेनको चुनावी अभियानमा उनी प्रमुख वक्ताका रुपमा रहे ।

सिनेटमा भएको मतदानपछि पिटले ट्वीट गरेर आफू सम्मानित र अनुग्रहित रहेको उल्लेख गरि कामका लागि तयार रहेको बताएका छन् ।

३९ वर्षका पिट बाइडेनको मन्त्रीमण्डलमा सबैभन्दा कम उमेरका सदस्य हुन् । उनको मन्त्रालयले बाइडेन प्रशासनको जलवायु परिर्वतन सम्बन्धी महत्वकांक्षी योजना कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । यस्तै पूर्वाधार विकासका महत्वपूर्ण जिम्मेवारी मन्त्रीका रुपमा पिटको काँधमा आउने छ ।

पिट बाइडेन प्रशासनका सबैभन्दा चर्चा र सार्वजनिक व्यक्तित्वयुक्त सदस्य हुन् ।

सिनेटमा भएको सुनुवाईको क्रममा पिटले आफ्ना श्रीमान चेस्टन बुट्जजलाई साथमा लिएर गएका थिए ।

आफ्नो नियुक्तिले यौनिक तथा लैंगिक अल्पसंख्यकसँगै समग्र अल्पसंख्यकहरुको प्रतिनिधित्वमा पार्ने प्रभावबारे आफू सचेत रहेको पिटले त्यसक्रममा बताएका थिए ।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्