प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा सांसद बेहोस भएपछि…

जनकपुरधाम-प्रदेश-२ को प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रममा प्रदेश सांसद बेहोस भएका छन्।

प्रदेशसभा स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम उपस्थित प्रदेश सांसद किरण यादव अचानक बेहोस भएकी छिन्।

उनलाई उपचारको लागि सभामुखको निवासमा लगिएको छ। कार्यक्रममा सहभागी चिकित्सकहरु उनको उपचारमा खटेका छन्।

सांसद यादवले आज नै रक्तदान गरेकोले कमजोरीको कारण बेहोस भएकी अनुमान गरिएको छ।

अहिले उनको उपचारमा हालमै नियुक्त भएका स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहसहितका चिकित्सक खटिएका छन्।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्