प्रदेश-२को वार्षिकोत्सव चलिरहँदा बीचमै उठेर हिँडे तीन मन्त्री

जनकपुरधाम-प्रदेश-२को प्रदेशसभाले तीन वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रम चलिरहँदा प्रदेशका मन्त्रीहरु बीचमै बाहिरिएका छन्।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल आफ्नो मन्तव्य दिइरहेको समय तीन मन्त्री कार्यक्रम स्थलबाट बाहिरिएका हुन।

सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवल किशोर साह र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय कार्यक्रमबाट निस्किएका हुन।

स्वागत मनतव्य पश्चात तत्कालीन राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनललाई आफ्नो मन्तव्य राखन भनेपछि मन्त्रीहरू बाहिरिएका छन्।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्