सिराहाको भेडियामा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ–सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडियामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ। बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द्र शाहलार् नियुक्त गरेको छ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ।

बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा ए.टी.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ।

माघ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्