क्यानडाले गर्‍यो प्राउड बोइजलाई आतंकवादी इकाइमा सूचित

क्यानडाले प्राउड बोइजलाई आतंककारी इकाइका रुपमा सूचित गरेको छ । दक्षिण पन्थी समूह ब्राउड बोइजलाई आतंककारी इकाइका रुपमा सूचित गर्ने क्यानडा पहिलो देश हो ।

क्यानडाका सर्वाजनिक सुरक्षा मन्त्री बिल ब्लायरले गएको जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा प्राउड बोइजको भूमिकालाई मध्यनजर गरेर पछिल्लो निर्णय गरिएको बताए ।

आतंकवादी इकाइमा सूचित भएसँगै प्राउड बोइजको सम्पती फ्रिज गर्ने तथा हिंसात्मक गतिविधि गरेमा प्राउड बोइजका सदस्यहरुमाथि आतंककारी गतिविधि सम्बन्धी अभियोग लगाउन मिल्ने छ ।

सम्पूर्ण सदस्य पुरुष रहेको प्राउड बोइज आप्रवासनको विपक्षमा छ र उसले विगतमा हिंसात्मक राजनीतिक गतिविधि गरेको इतिहास छ । सन् २०१६ मा ग्याविन म्याकनेसले प्राउड बोइजको स्थापना गरेका हुन् ।

उनी भाइस मिडियाका क्यानडियन सहसंस्थापक हुन् । प्राउड बोइजले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विचार, स्वतन्त्रतावाद र परम्परागत लैंगिक जिम्मेवारीको वकालत गर्दै आएको छ ।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्