कुसुन्तीका अनिल प्रधान बने जगदम्बा मोटर्स प्रालिको‘डाउनलोड एन्ड विन’अभियानको विजेता

ललितपुर-टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘डाउनलोड एन्ड विन’अभियानको विजेता घोषणा गरेको छ। उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका छन्।

टिभीएसका स्टीकर डाउनलोड गरेर विजेता बनेका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो। यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर जित्न सक्ने अवसर पाएका थिए।

‘हाम्रा ब्रान्डसँग सम्बद्ध ग्राहकहरुलाई डिजिटल रुपमा संलग्न गराउनुका साथै उनीहरुको जिवनमा रमाइलो र उत्साह प्रदानगर्न टिभीएससँग सहकार्य गरेकोमा राकेटुन भाइवर प्रति आभारी रहेको छौं। हामी देशभरबाट ग्राहकको व्यापक सहभागिताले निकै खुसी छौं। हामी यो अभियानमा सहभागी भएर यसलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छौं’ जगदम्बा मोटर्सका जनरल म्यानेजर–सेल्स् एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले भने।

‘हामी नेपालको एक प्रमुख मोटरसाइकलका वितरक जगदम्बा मोटर्स टिभीसँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं। हामीले यस अभियान भरी नै उत्साहजनक सहभागीता पाएका थियौं र हामी भन्न सक्छौं कि हाम्रो प्रयोगकर्ताहरूले यस अभियानको आनन्द लिएका छन्। आगामी दिनमा टिभीसँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं’ एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भने।

माघ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्