सत्य निरुपण र बेपत्ता आयोगको कार्यकाल आउँदो असारसम्म थप

काठमाडौँ – सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको कार्यकाल ६ महिना थप गरेको छ।
सोमबारसम्म मात्र कार्यकाल रहेको आयागेको कार्यअवधि अध्यादेशमार्फत सरकारले असारसम्म लम्ब्याएको हो।
राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए।
सरकारको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ का केही दफालाई अध्यादेशमार्फत शुक्रबार संशोधन गरेको हो।
सरकारले ऐनको दफा ३८ संशोधन गरेर आयोगको कार्यकाल २०७८ साल असार महिनासम्म कायम गरेको छ।
त्यस्तै पदाधिकारीहरुको कार्यकाल पनि त्यस बेलासम्म दफा ६ को उपदफा १ संशोधन गरेर असारसम्मै पु¥याएको छ। आयोग स्थापना भएको सात वर्ष भइसक्दा समेत द्वन्द्वकालमा भएका घटनाहरुको उजुरी लिने बाहेक अरु केही काम गरेको छैन।