अदालतको स्वतन्त्रतामा आँच आउने गरी समाचार प्रकाशन नगर्न आग्रह

पर्सा-अदालत समबन्धि समाचार सम्प्रेशषण गर्दा अदालतको स्वतन्त्रता,सक्षमता र निष्पक्षतालाई ध्यानमा राखेर समाचार प्रकाशन गर्न पत्रकारहरुलाई पर्सा जिल्ला अदालतका न्यायधिशहरुले अनुरोध गरेका छन्।

जिल्ला अदालत पर्साका न्यायधिश र पर्साका पत्रकारहरुबीच शुक्रबार वीरगञ्जमा भएको अन्र्तक्रियामा जिल्ला अदालत पर्साका न्यायाधीश धर्मराज पौडेलले सत्य तथ्य आधारमा समाचार प्रकाशन गर्न पत्रकारहरुसित आग्रह गरे।

उनले सत्य तथ्य समाचार प्रकाशन गरिएको खण्डमा त्यो अदालतको लागि स्वागत योग्य हुने बताएका थिए। ‘अदालतको स्वतन्त्रता,सक्षमता र निष्पक्षतालाई ध्यानमा राखेर समाचार प्रकाशन गरि दिनु हुन अनुरोध छ,उनले भने,सत्य तथ्यमा आधारित भएर समाचार प्रकाशन गरि दिनु भयो भने त्यो अदालतको लागि स्वागत योग्य हुन्छ।’

अदालतको स्वतन्त्रतामाथि आँच आउने गरि समाचार सम्प्रेषण गरिएको खण्डमा अर्को स्थिती सिर्जना सम्भावना रहेको बताउदै पौडेलले त्यसको ख्याल गरि दिन बताएका थिए ।पर्सा जिल्ला अदालतसँग काम कारवाहीको सुचनाहरु पुराना मुदा लगायतका सुचनाहरु सहजै रुपमा प्राप्त गर्नको लागि अदालतले सूचना अधिकारीको ब्यावस्था गरेकोले अदालतको काम कारवाहीको बारेमा सुचना लिनु परे सुचना अधिकारीसित सम्पर्क गर्न पौडेलले पत्रकारहरुलाई सुझाव दिए।

अन्‍तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अदालतका अर्का न्यायधिश नारायण शर्माले अदालतका कर्मचारीहरुले सेवाग्राहीसित दुर्बब्यावहार गरेको खण्डमा आफुलाई भन्न आग्रह गरेका थिए ।कार्यक्रममा पत्रकारहरुले कर्मचारीको अभवमा न्याय सम्पादनमा भईरहेको ढिलाई समबन्धि प्रशनको जवाफ दिदै न्यायधिशहरुले पर्सा जिलला अदालतमा कर्मचारीको अभाव रहेको बताएका थिए।

अदालतमा ९ वटा ईजलास चालु रहेकोमा हरेक ईजलासमा कम्तिमा पाँच जना कर्मचारीहरु हुनुपर्नेमा अहिले २ देखि ३ जना मात्रै कर्मचारीहरु रहेको जिल्ला न्यायधिशहरुको भनाई थियो ।कर्मचारी अभावको बारेमा सर्बोच्च अदालतलाई जानकारी गराई सकिएको बताउदै उनीहरुले कर्मचारी अभावको समस्या छिटै समाधान हुने बिश्वास ब्यक्त गरेका थिए।

अदालतमा मुदा आइसकेपछि प्राप्त सबुत प्रमाणको आधारमा नै निर्णय गरिने हुदा फैसला चित नबुझे पुनराबेदन गर्न सकिने पनि जिल्ला न्यायाधिशहरुले बताए ।अन्र्तक्रिया कार्यक्रममा पर्सा जिल्लाका पत्रकार जिल्ला अदालतका ९ जना न्यायधिशहरु,अदालतका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

माघ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्