ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु

सांकेतिक तस्बिर

दाङ-दाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

लमही नगरपालिका-७ अर्जुनखोलामा रा १ त ३१७४ नम्बरको ट्याक्टर दुर्घटना हुदा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर निवासी २७ बर्षीय हेमन्त गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

माघ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्