भारतीय सीमा लक्ष्मीपुर-बलाराबाट सर्लाहीको गढैयासम्मको सडक कालोपत्रे

फाइल तस्बिर

सर्लाही-सर्लाहीको भारतिय सिमाको लक्ष्मीपुर ( बलाराबाट गढैया सम्म भारत सरकारको आर्थिक सहयोगमा कालोपत्रे सडक निर्माण गरिएको छ।

४४.४८ मिलियनको सहयोगमा उक्त सकडक निर्माण गरिएको हो जसको उद्घाटन नितेश कुमार , महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास विरगंज र डिभिजन प्रमुख, सडक विभाग, चंद्रनिगाहपुर, रौतहटका विनोद कुमार मौवरले संयुक्त रुपमा गरेका थिए।

भारत सरकारको “नेपाल भारत विकास सहकार्य” अन्र्तगतको सहयोग कालोपत्रे सडक निमार्णमा उपयोग गरिएको भारतीय दूतावासले जनाएको छ।

उक्त योजना दुईवटा प्याकेजहरु छन्,। पहिलो ४.४६ कि.मिको भारतिय सिमा लक्ष्मीपुर–बलरा–मिर्जापुर र र्को १.६२ कि.मिको मिर्जापुर–गडहिया सडक÷हुलाकी सडक।

यो परियोजना भारत सरकार र नेपाल सरकार बिचको सम्झौता अन्र्तगत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो

उक्त सडक निमार्णका लागि भारतिय दुतावास, काठमाँडौ र भौतिक पुर्वाधार विकास तथा यातायात मंत्रालय अन्र्तगत जनकपुर सडक विभाग, डिभिजन सडक विभाग मुजेलिया बिच सम्झौता भएको थियो।

माघ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्