उत्तराखण्डको चमोलीमा अवस्थित हिमनदी फुट्दा दुई पावर हाउसमा क्षति, अलकनंदा क्षेत्र जोखिममा

अन्नपूर्ण क्षेत्रको हिमनदी । तस्बिर : प्रभात खनाल/देश सञ्चार

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदी फुटेपछि त्‍यस क्षेत्रका बासिन्दालाई सतर्कत गराइएको छ।

हिमनदी फुटेपछि धौलीगंगा नदीको जलस्तर लगातार रुपमा बढ्दै गएको छ। उत्तराखण्डका मुख्‍यमन्त्री त्रिवेन्द्र सिंह रावत त्‍यसक्षेत्रमा पुगेको जानकारी दिएका छन्।

यस्तै त्‍यसक्षेत्रका सय देखि दुई सय व्‍यक्तिहरुको ज्‍यान जान सक्‍ने खतरा रहेको बताएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएका छन्।

यसका साथै त्‍यस क्षेत्रमा बनाइएको ऋषिगंगा पावर प्रोजेक्टमा क्षति पुगेको छ। उक्त प्रोजेकटमा काम गर्ने मजदुरहरु बेपत्ता भएका छन्।

नदी छेउमा बसेका केही घरहरु पानीमा बगेका छन् भने आसपासका गाउँहरुलाई लाखी गराइएको छ।

यस्तै ऋषिगंगाका साथै एनटीपीसीको एउटा प्रोजेक्टमा पनि क्षति पुगेको छ भने तपोवन बैराज, श्रीनगर ड्याम तथा ऋषिकेश ड्‍याममा समेत क्षतिग्रस्त भएका छन्।

हिमनदी फुटेर नदीमा बाढी आएपछि त्‍यसक्षेत्रमा चमोलीका प्रहरीहरु तपोवन क्षेत्रमा उद्दारमा खटिएको बीबीसीले जनाएको छ।

 

 

माघ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्