सिडियोमार्फत अखिल नेपाल महिला संघद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिमकोट-नेपाल कम्युष्टि पार्टी प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गरेको बिरुद्धमा अनेम संघले ज्ञापन पत्र पेश गरेको हो।

प्रधानमन्त्रीले जनताको रगत र पसिना बगाए निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको त्यस बिरुद्ध अनेम संघले प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनु परेको अनेम संघकी केन्द्रीय सदस्य जुम्कीत लामाले बताइन्।

संघद्धारा पेश गरिएको ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई नेपाली जनताले दिएको म्याण्डेड बिरुद्ध लागेको आरोप समेत लगाईएको छ। त्यसैगरी संबिधानको पालन गर्नु ब्यक्तिले धज्जी उडाएको समेत आरोप लगाइएको छ।

साथै संघले ज्ञापन पत्र मार्फन प्रधानमन्त्रीले चालेका असंबैधानिक कदमलाई यथाशिघ्र सच्याउन समेत आग्रह गरिएको छ।

नेकपा कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेकी लामाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र पेश गरेको हो।

नेतृ लामाले प्रधानमन्त्रीको असंबैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने समेत बताएकी छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ गिरीले तत्काल प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पठाईने जानकारी दिए ।

माघ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्