उत्तराखण्डको हिमनदीमा बाढी-ऋषिगंगा बाँधमा कार्यरत सय मजदुर बेपत्ता, दुईको शव भेटियो, यूपीमा पनि सतर्कता

भारतको उतराखण्डको चमोली जिल्लामा रहेको हिमनदीमा आएको बाढीले ऋषिगंगा बाँधमा कार्यरत पचास देखि सयजना मजदुर बेपत्ता भएका छन् भने दुईजनाको शव भेटिएको छ।

उत्तराखण्डका डिजीपी अशोक कुमारका अनुसार हिमदनी फुटेर नदीमा देखिएको बहाब अब नियन्त्रणको नजिक रहेको छ। तर तपोवन-रिणीमा बनाइएको पावर प्रोजेक्ट भने नदीमै बगेको छ।

यस्तै एएनआइसँग कुराकानी गर्दै आइटीबीपीको अधिकारीहरुले भनेका छन्,’तपोवन इलाकामा एनटीपीसीका तर्फबाट तीनजनाको शव बरामद भएको छ।’

यता,भारतीय सेनाले उत्तराखण्डका मुख्‍यमन्त्री त्रिवेन्द्र सिंह रावतलाई बाढीको बारेमा थप जानकारी दिएका छन्। सेनाका अधिकारीहरुका अनुसार चार ट्रक, सेना,दुई मेडिकल र एउटा इन्जिनियरिङ टास्कफोर्स रद्दार सहयोग गर्न रिणी पठाइएको छ।


यसका साथै उत्तराखण्डका मुख्‍यमन्त्री त्रिवेन्द्र सिंहले पत्रकारसाग भनेका छन्, ‘ बिहानै करीब १० बजे ऋषिगंगाको माथिबाट हिमनदी फुट्‍यो। यसको असर १३.१२ मेगावाट क्षमताको ऋषिगंगा प्रोजेक्टमा पर्‍यो। त्यही प्रोजेक्टमा काम गरिरहेका करीब १५ देखि २० जना मजदूरहरु बेपत्ता भएका छन्।’

उनले मानवीय क्षति कति भएको भनेर अहिलेसम्‍म खुलाएका छैनन्। उनले भनेका छन्, ‘त्यतिमात्रै होइन तपोवनमा ५२० मेगावाटको तपोवन विष्णगढ प्रभोजेक्टमा पनि आंशिक क्षति पुगेको छ। यहाँ कार्यरत ४७ मजदूरहरु बेपत्ता छन्।’

त्यसैगरी हिमनदीको बहाबले ऋषिकेश तथा हरिद्वारमा अवस्थित गंगा नदी किनारमा मानिसहरुलाई नजान चेतावनी दिइएको छ। हरिद्वारमा कुम्भ मेलाको बयोजना गरिएको छ जहा हजारद भक्तजनको भीड लागेको छ।

यस्तै युपीको कन्नौज जिल्ला प्रशासनले पनि उच्च सतर्कता अनाएको छ भने डीएम बैठक डाँकेर गंगा तटमा बसेका सबैलाई सतर्क गराइएको छ।

यता, फरुखावादमा गंगा नदीको वेगमाथि अधिकारीहरुले निगरानी बढाएका छन्। बिजनौर, उत्तर प्रदेशको अमरोहामा पनि सतर्कता अपनाइएको छ।

माघ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्