ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भयो -माधव नेपाल

फाइल तस्बिर।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-नेपाल पक्षका नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा कमजोर भएको बताएका छन्।

आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ मा सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन।

ओलीको कम्युनिष्ट आन्दोलन प्रतिको प्रतिबद्धता समेत कमजोर भएको र माक्र्सवादलाई अवसरवादको रुपमा बुझि आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले आफुहरुको संविधान प्रति माया, ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्‍नभिन्‍न हुन नदिने बताए। संविधानलाई जोगाउँदै, हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ।

आफूहरुले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले आफूहरुको बाटो सहि रहेको उनले बताए।

माघ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्