ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता

काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच बैंकका ग्राहकवर्गलाई छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस गु्रपअफ हस्पिटालिटीका बिक्रि तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बैंकका कर्मचारी एवम् डेबिट-क्रेडिट-प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले सिद्धार्थ बिजनेस गु्रपअफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना÷पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएको हो।

बैंकले सातै प्रदेश तथा ७४ जिल्लामा बैंकको २६८ शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्