बैंक अफ काठमाण्डू र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच सम्झौता

काठमाडौँ–बैंक अफ काठमाण्डू लिमिटेड र डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसबिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ।

यस सम्झौता पश्चात् ग्राहकहरुले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउनेछन्।

डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

माघ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्