हिन्दूराष्ट्र नभइ प्रजातन्त्र बलियो हुँदैन : राणा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दू राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताएका छन्।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणासभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउन हिन्दू राष्ट्र चाहिने बताएका हुन्।

उनले कम्युनिष्ट र कांग्रेस असफल भएको उल्लेख गर्दै यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफूहरुको मुद्दाले प्राथमिकता पाउने दाबी गरे।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिईएको भए पनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताए। पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उनको भनाई छ।

कार्यक्रममा अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गरे। पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उनको भनाई छ।

पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उहाँले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताए।
आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उनले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने थापाको भनाई छ।

अध्यक्ष थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दू राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी पनि गरे।

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गरे। जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै थापाले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताए।

माघ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्