सेयर विवादमा भिनाजुको हत्या गर्ने सालो पक्राउ

सेयर विवादमा भिनाजुको हत्या गर्ने सालो पक्राउ
+
-

जनकपुरधाम– सेयरको विवादमा भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

शनिवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा खातीलाई सार्वजनिक गरिएको हो ।

गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित रहेको क्षिरेश्वर डिष्टिलरीका संचालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ७ का ५४ वर्षीय प्रमोद रेग्मी आफु सुत्ने कोठामा मृत फेला परेका थिए ।

२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नो सहोदर सालोले हत्या गरेको खुलेको प्रहरी उपरीक्षक रानाभाटले बताए । खातीले सेयर लगानी सम्बन्धित विषयमा रिसइवी राखि आफ्नो भिनाजुलाई अत्याधिक मादक पदार्थ सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको रानाभाटले बताए ।

यो पनि पढ्नुहोस्

धनुषामा डिष्टिलरीका सञ्चालक मृत फेला, शंकास्पद चारजना पक्राउ

धनुषामा डिष्टिलरीका सञ्चालक मृत फेला, शंकास्पद चारजना पक्राउ

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’