अमेरिकामा पढ्ने विद्यार्थीलाई १० हजार डलरको छात्रवृत्तिका लागि आवेदन आह्वान

काठमाडौँ-  अमेरिकामा रहेर नेपालीसहितका समुदायलाई मद्दत पुर्‍याइरहेको हेम सरिता पाठक फाउण्डेसन छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ।

आर्थिक सहायता आवश्यक परेका विधार्थीले यो छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। यो छात्रवृत्ति १० हजार अमेरिकी डलरको छ। अमेरिकामा अध्ययन गर्ने (कम्तीमा आई २० लिएर बसेका) नेपालसँगै, भारत, बंगलादेश, भुटान, पाकिस्तान र श्रीलंकाका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन दिन सक्ने जनाइएको छ।

आवेदन दिन चाहने विद्यार्थीले कम्तीमा ३.५ जिपिए प्राप्त गरेको हुनुपर्ने छ। आगामी अप्रिल १५ तारिखसम्म आवेदन दिन सकिने छ भने विजेताको घोषणा जुलाई १५ तारिखमा हुने जनाइएको छ।

नेपालका हेम पाठक र सरिता पाठक दम्पतीले यो फाउन्डेसनको स्थापना गरेका हुन्।

 

फाल्गुन २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्