अल्का अस्पताल आजदेखि १५ वर्षमा, असहायहरुलाई खाद्यान्न वितरण

ललितपुर-ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल सोमबारदेखि १५ वर्षमा प्रवेश गरेको छ।

‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगन सहित कुमार थापाले सञ्‍चालन गरेको उक्त अस्पताल २०६२ साल फागुन ३ गते देखि सञ्चालनमा आएको हो।

अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पताल सवल र सक्षम रहेको बताइन्।

अस्पतालका सिओओ दिपेन्द्र पोखरेलले विरामीहरुको उपचारमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन्।

कोरोना महामारीका बेला अल्का अस्पताल अग्रपंक्तिमा खटेर विरामीहरुको सेवामा जुटेको अस्पतालले जनाएको छ।

अल्का अस्पतालमा सुविधा सम्पन्न एनआइसियु कक्ष रहेको छ। यसका साथै टेष्ट ट्युव बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पूर्ण परीक्षण पनि अस्पतालमा हुदैँ आएको छ।

नशा सम्बन्धि, बाथ रोग सम्बन्धि, यौन तथा छालारोग सम्बन्धि, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आखाँ, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट,कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिइरहेको छ।

१५वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ भने असहायहरुलाई खाद्यान्न वितरण गरेको छ।

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्