वीरगञ्‍जमा सरस्वती पुजाको रौनक: विद्यालयमा धमाधम मूर्ति लगिँदै

वीरगञ्‍ज- मंगलबार हुने सरस्वती पुजाको तयारीमा विद्यार्थी तथा स्थानीय युवाहरु जुटेका छन्। विद्याकी देवी सरस्वती पुजाको लागि एकदिन मात्रै बाँकी हुँदा पर्साका बिभिन्न विद्यालयहरुमा अध्यन गर्ने विद्यार्थीहरु पुजाको तयारीमा जुटेका हुन।

विद्यार्थीहरुसँगै जिल्लाका बिभिन्न ठाउँका टोल टोलमा पनि सरस्वती पुजा गर्ने युवाहरु पनि पुजाको अन्तिम तयारीको लागि ब्यस्त भएका हुन्।

विशेष गरी विद्यालय तथा क्याम्पसहरुमा धुमधामका साथ मनाइने गरिएको सरस्वती पुजाको लागि अहिले विद्यार्थीहरु अन्तिम तयारीमा जुटेका छन्।  स्कुलका विद्यार्थीहरु आ-आफ्नो विद्यालयका लागि अर्डर दिएका सरस्वतीको मूर्ति ल्याउनमा ब्यस्त देखिएका छन्।

सदरमुकाम वीरगञ्ज महानगरपालिकाको बजारमा तयारी गरिएका माटोको सरस्वती माताको मूर्ति लैजाने विद्यार्थीहरुको घुइँचो देखिएको छ।

गाउँ गाउँबाट विद्यार्थीहरु सवारी साधन लिएर मूर्ति विद्यालय तथा पुजा स्थलमा लैजान लागेको देखिएको छ ।सरस्वती पुजा गर्नको लागि विद्यालयको सर सफाइदेखि लिएर सम्पुर्ण तयारी गरेपछि अहिले मूर्ति लैजान लागेको वीरगञ्ज ३० को सामुदायिक विद्यालयमा अध्यनरत शनि पटेलले जानकारी दिए।

‘भोलि नै पुजा रहेकोले अर्डर गरिएको स्थानमा मूर्ति लिनको लागि अटो रिक्सा लिएर मूर्ति कार कहाँ आएको उनको भनाई छ ।विद्यालयको सरसफाई देखि लिएर सबै तयारी पूरा भइसक्यो,’उनले भने,अब आज मूर्ति लग्न वीरगञ्ज आएका छौँ’ यसैगरी विद्यालयमा अध्यन नगर्ने स्थानीय युवाहरु पनि गाउँ टोलमै सरस्वती माताको मूर्ति स्थापना गरेर पुजा गर्ने गरेका छन्।

आफू कारखानामा काम गर्ने भए पनि टोलकै साथीहरुसित मिलेर मूर्ति स्थापना गरेर सरस्वती पुजा गर्न लागेको वीरगञ्जकै एक युवक मनु गुप्ताले बताए ।हरेक बर्ष झै यस बर्ष पनि साथीहरु मिलेर सरस्वती पुजा गर्न लागेको र त्यसका लागि आजै मूर्ति लग्न लागेको उनले जानकारी दिए।

‘हामी काम गर्ने भएपनि हरेक बर्ष सरस्वती पुजा टोलमै मूर्ति स्थापना गरेर पुजा थछौं, उनले भने, ‘अहिले मूर्ति लैजानका लागि आएका हौँ।’

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्