बारामा ७६ वर्षीया बृद्धा बलात्कृत

बारा-  ७६ वर्षीया वृद्धालाई  बलात्कार  गरेको आरोपमा एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका- ८ बस्ने ३९ बर्षीय दल बहादुर लामा  छन्।  लामाले स्थानीय मकै बारीमा ती वृद्धालाई बलात्कार गरेको दावी प्रहरीको छ ।

आरोपीतलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

फाल्गुन ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्