प्रतिनिधिसभा विघटनविरुद्ध विवेकशील साझाको रत्नपार्कमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै विवेकशील साझाले राजधानीको रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेको हो। लोकतन्त्रको रक्षाका लागि विरोध प्रदर्शनमा उत्रिनुपरेको उक्त पार्टीको भनाइ छ।

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध १० दिनसम्म हरेक दिन अपराह्न ४ः०० बजे शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने विवेकशील साझा पार्टीले जनाएको छ।

फाल्गुन ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्