ग्रोसरी कम्पनीलाई लिएर अमेजन र रिलायन्सबीच विवाद, दुई अर्बपति पुगे अदालत

काठमाडौँ- विश्‍वको दुई ठूला अर्बपतिहरुबीच एउटा ग्रोसरी कम्पनीलाई लिएर संसारको सबैभन्दा ठूला कम्पनी अमेजन र भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्सबीच विवाद उत्पन्‍न भएको छ।

ग्रोसरीलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको बीबीसीले जनाएको छ। खासगरी भारतीय रिटेलर कम्पनी फ्युचर ग्रुपसँग फरक-फरक मितिमा ती दुवै कम्पनीले छुट्टाछुट्टै सम्झौता गरेर आफ्नो स्वामित्व कायम गर्न खोजेपछि विवाद चरम उत्कर्षमा पुगेको हो।

अमेजनसँग रिलायन्स कम्पनीले लड्दै आएको कानुनी लडाइँको आधामा उसको आउने वर्ष इकमर्सको भविष्‍य सुरक्षित रहने वा नरहने विश्‍लेषकहरुले बताएका छन्।

फोरेष्ट कन्सल्टेन्सीका एकजना वरिष्ठ फ्युचर एनालिष्ट सतीश मीणाले भनेका छन्, ‘ यी दुई कम्पनीबीच छुट्टाछुट्टै सम्झाले विवादको जड हो। अमेजनलाई कुनै पनि बजारमा प्रतिद्वन्द्वीको समाना गर्न परेको छैन। तर अब आउने वर्षमा यसले प्रभाव भने पार्न सक्छ।’

यता, अमेजनले संस्थापक मालिकलाई इ-कमर्स व्‍यापारबाटै विश्‍वको सबैभन्दा ठूलो अर्बपतिको सूचीमा पहिलो नम्बरमा पुर्‍याएको थियो। तर उनी अहिले दोस्रो नम्बरमा अर्बपतिको सूचीमा छन्।

मुकेश अंबानी

तर रिलायन्सका मालिक मुकेश अम्बानी पनि भारतका सबैभन्दा ठूलो अर्बपति हुन्। अम्बानीले पनि अब आउने रिटेल क्षेत्रमा धेरै प्रभाव पार्न सक्‍नेछन्। खासगरी अमेजन र फ्लिपकार्डको लागि यो भने निक्कै चुनौतीको विषय हुने उद्योगका विश्‍लेषकहरुले दाबी गरेका छन्।

अमेजनले भारतमा आक्रामक रुपमा आफ्नो उपस्थिति देखाउन थालेका छन्। उसले इ-मार्टलाई अवसरको रुपमा बदल्‍ने योजनासहित आएका छन् भने रिलायन्सले पनि इ-कमर्स तथा ग्रोसरीको व्‍यवसाय ल्‍याउने योजनामा लागिरहेका भारतीय सञ्‍चार माध्‍यमहरुले बताएका छन्।

फ्यूचर ग्रुपलाई लिएर किन भयो विवाद ?

फ्‍युचर ग्रुपले नयाँ वर्षको सुरुवातकालमा ३.४ विलियन अमेरिकी डलर मूल्‍यको रिटेल सम्पत्ति बेच्‍ने रिलायन्ससँग सम्झौता गरेका छन्। तर उसले सन् २०१९मा अमेजनको ४९ प्रतिशत हिस्सेदारी गरिसकेको थियो। रिलायन्ससँगको सम्झौता गरेपछि अमेजनको बजारमा प्रभाव पर्न थाल्‍यो। तर अमेजनले रिलायन्सलाई उक्त सम्झौता गर्न नहुने बताउँदै आएको छ भने रिलायन्सले सम्झौतापछि कानुनी लडाइँ लडिरहेको छ।

यस्तै विश्‍वभर कोरोनाको महामारीको असर फ्युचर रिटेलमा नराम्रोसँग परेको छ। यही कारण कम्पनीलाई बचाउन रिलायन्ससँग सम्झौता गर्नु परेको बताउँदै आएको छ।

जेफ़ बेज़ोस

यता, अदालतले भने मूद्दाको फैसला फ्युचर कम्पनीको पक्षमा सुनाएको छ। गत सोमबार दिल्लीको हाइकोर्टले एक हप्ता पहिले गरेको फैसला उल्ट्याउँदै रिलायन्ससँगको सम्झौतालाई उचित मानेको छ। तर अमेजनले कोर्टको उक्त फैसलाविरुद्ध अपील गरेको छ।

अब को दाउमा छ ?

यदि रिलायन्सको लडाइँमा जित हासिल भएमा रिटल व्‍यापारमा उसको पहुँच भारतको ४२० शहरको १ ८००भन्दा धेरै स्टोर्ससम्‍म हुनेछ। यसका साथै फ्यूचर ग्रुपको थोक व्‍यापार तथा लजिस्टिकसम्‍म पनि उसकै पहुँचमा हुनेछ।

यसबारे उद्योग विश्लेषक सतीश मीणा भन्छन्, ‘रियालयन्ससँग पैसा छ र बजारमा प्रभाव जमाउन पैसाकै खाँचो हुन्छ। भलै इ-कमर्सको व्‍यावसायमा उसलाई कुनै सफलता हासिल नहोस्। ‘

यस्तै यदि अमेजन उक्त कानुनी लडाइँ जितेमा रिलायन्सको इ-कमर्सको क्षेत्रमा ल्‍याउन लागिएको योजनामा गम्भीर धक्का लाग्‍न सक्छ। रिलायन्सको इ-कमर्स सपना चकनाचूर हुने विश्लेषकहरुको भनाइ छ।

बाज़ार

विश्‍वकै सबैभन्दा धनी व्‍यक्तिहरुको व्‍यापारिक विवादले इकमर्स क्षेत्रलाई थप बलियो बनाएको छ भने अनलाइन व्‍यापार गर्न थप चुनौतीहरु सामना गर्नु पर्ने विश्लेषकहरुले निष्कर्ष निकालेका छन्।

एसिया प्यासिफिक फाउण्डेशन अफ क्यानडाकी फेलो रुपमा सुब्रमण्याले भनेकी छिन्, ‘ अर्बपतिहरुको विवादले व्‍यापारिक क्षेत्रमा पक्कै धक्का त लाग्‍ने नै छ। यसले भारतीय बजारलाई पनि नराम्रोसँग प्रभावित पार्नेछ। भारतको छविमा पनि ठूलो असर पर्नेछ।’

यस्तै सतीश मीणा भन्छन्, ‘ अमेरिका र चीनपछि अब भारतीय बजारमा पनि यसको प्रभाव र प्रयोग देखिन थालेको छ। यसले भारतीय बजार क्षेत्रलाई नै तहसनहस पार्न सक्छ। ‘

उनका अनुसार भारतको रिटेल रसेक्टर ८५० विलियन डलर हो तर यसको एउटा सानो हिस्सा अहिले पनि इ-कमर्ससँगै जोडिएको छ। तर फोरेस्टरका अनुसार भारतीय इ-कमर्सको कारोबार २५.८ प्रतिशत रहेको छ भने आउँदो सन् २०२३ सम्‍ममा ८५ विलियन डलरसम्‍म हुनेछ।

साभार-बीबीसी हिन्दीबाट

फाल्गुन ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्