सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

काठमाडौँ-डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि.ले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा सञ्‍चालनमा ल्याएको छ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाष चन्द्र घिमिरेले त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेका हुन्।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै त्रिनगर कृषि उपज हाटबजारमा तरकारी तथा फलफूल किन्‍नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरेले काठमाण्डौ बाहिर रहेको कृषि बजारमा बैंकले सुरु गरेको क्युआर कोड सेवाले सबै तहका उपभोक्तामा डिजिटल सेवाको पहुच पुग्ने तथा बचत गर्ने बानी र समयको पनि सदुपयोग हुने कुरा बताए।

उक्त कार्यक्रममा बोल्दै बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापाले बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए।

फाल्गुन ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्