कांग्रेसद्वारा बैतडीको डिलासैनी घटनाको निन्दा

विश्वप्रकाश शर्मा। फाइल फोटो।

काठमाडौँ-नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेको समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, कांग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनामा परी पार्टीका केही साथीहरू घाइते भएको र केही सवारी साधनमा तोडफोड गरिएको उल्लेख गरेका छन्।

एक्कासी भएको आक्रमणपश्चात् पार्टीका तरुणहरूले तत्कालै प्रतिवाद गरेपछि कार्यक्रम सुचारू भएको कांग्रेसले जनाएको छ।

प्रवक्ता शर्माले घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरेर कारवाही गर्न सरकारसँग माग गरेका छन्।

फाल्गुन ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्