काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर घेराउ गरेको छ।

बुधबार सुरू भएको नेपाल कम्युनिष्ट पार्टी संंघर्ष समितिको चौथो चरणको संघर्षको कार्यक्रम अन्तर्गत बिहीबार अपरान्ह टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरिएको हो।

उनीहरुले प्रतिनिधिसभा विघटन, महंगी र भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री ओलीले पटक-पटक गल्ती गरेको आरोप लगाएका छन्।

नयाँ चरणको आन्दोलनअन्तर्गत फागुन २ गते नेकपा प्रचण्ड-माधव पक्षले ५ देखि २१ फागुनसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो।

देश सञ्‍चारका फोटो पत्रकारद्वय बर्षा शाह र सुलभ श्रेष्ठले खिचेका तस्बिरहरु: