मिचिएको संविधान सही ट्र्याकमा ल्याउन संसद पुनर्स्थापना हुनुपर्छः कोइराला

कांग्रेस नेतृ सुजाता कोइराला।

झापा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मिचिएको संविधान सही ‘ट्र्याक’मा ल्याउन विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुनै पर्ने बताएकी छिन्।

संविधान मिचेर घोषणा गरिएको चुनावको कुनै अर्थ नरहने नेतृ कोइरालाको भनाइ थियो।

नेपाल प्रेस युनियन झापा शाखाको आयोजनामा विर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेकी  कोइरालाले जनता चाहना अहिले चुनाव नभएको बताइन्।

उनले भनिन्, ‘संविधानसभाबाट जनताको परामर्शमा बनेको संविधानलाई टेकेर चुनावमा जानुपर्छ, संविधानलाई च्यातेर होइन।’

संसदमा प्रतिपक्षले कुनै अवरोध नगर्दा पनि दुईतिहाई नजिकको कम्युनिष्ट सरकारले जनताको मतलाई अवमूल्यन गर्नु दुःखद भएको बताउँदै आन्तरिक कलहमा संसद विघटन गर्नु गलत भएको उनले टिप्पणी गरिन्।

संसद विघटन असंवैधानिक भएको बताउँदै कोइरालाले जनचाहनालाई बुझेर सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा निर्णय दिनुपर्ने धारणा कोइरालाको भनाइ थियो।

नेपाली कांग्रेसको नेतृत्वले अहिलेसम्म कुनै कमजोरी गरेको भए त्यस्लाई सच्याएर जानुपर्ने उनले बताइन्।

फाल्गुन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्