एकीकृत बस्ती विकासको माध्यमबाट सुकुम्बासी समस्या समाधान गर्न सकिन्छः मुख्यमन्त्री पोखरेल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकीकृत बस्ती विकासको माध्यमबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न सकिने बताएका छन्।

बिहीबार दाङमा भुमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्।

‘एकीकृत बस्ती विकासको माध्यमबाट सुन्दर बस्तीको विकास हुन्छ,’ उनले भने, ‘आयोगले यो डेढ वर्षको अवधिमा भूमिको आधारभूत समस्या समाधान गर्न सक्छ।’

सुकुम्बासीको लगत संकलन गरेर भूमि प्रदान गर्ने मुख्यमन्त्री पोखरेलले बताए। साथै उनले सरकारी तथा सार्वजनिक जग्गाको नयाँ अतिक्रमणलाइ पूर्ण रूपमा रोकिने दावी गरे।

फाल्गुन ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्