काठमाडौँ – काठमाडौँको टुँडिखेलमा ७१ औँ प्रजातन्त्र दिवस तामझामका साथ मनाइएको छ।

२००७ साल फागुन ७ गते जहाँनिया राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाइन्छ।

दिवसको अवसरमा नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा हर्षबढाई गर्दछ। फागुन ७ गतेकै जगमा टेकेर विसं २०४६ चैत २६ गते प्रजातन्त्र पुनर्स्थापना भएको थियो।

आज टुँडिखेलमा राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाइएको छ।