भुटानी प्रधानन्यायाधीशविरुद्ध षडयन्त्र गरेको आरोपमा एकजना ब्रिगेडियर र दुई अन्य पक्राउ

काठमाडौँ- **भुटानी प्रधानन्यायाधीशविरुद्ध षडयन्त्र गरेको** आरोपमा भुटानी सेनाका एकजना ब्रिगेडियर र दुई न्यायाधीशहरुलाई प्रहरीले गिरफ्तार गरेको छ।
राजदरबारको पुर्व सुरक्षा प्रमखु ब्रिगेडियर थिनले तोग्बे, सर्वोच्च अदालतका न्यायाधीश कुनली तेसिरिङ र जिल्ला मुख्य न्यायाधीश येशे दोर्जीलाई उनीहरुको घरबाटै पक्राउ गरेको अल्जजीराले जनाएको छ।
देशको प्रमुख सैन्य अधिकारी लेफ्टिनेन्ट जनलर बटू तेसिरिङमाथि भ्रष्टाचार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई थिम्पु जिल्ला अदालतले जमानत दिनबाट बञ्चित गरिएको छ भने फेब्रुअरी २७ तारिखको पहिलो सुनुवाइसम्म हिरासतमै राखिनेछ।
सेना तथा न्यापालिकामा भएको यो पक्राउले भारत तथा चीनको बीचमा करीब ७ लाख ५० हजार मानिसको जनसंख्या भएको देश नै हल्लाइ दिएको छ।
यसका साथै तोग्बेमाथि संयुक्त राष्ट्र संघबाट सवारी खरीदविक्रीमा अवैध रुपमा सैन्य दस्तावेज पाएको आरोप लगाइएको छ।
यता, भुटानका अखबारहरुले भने टेण्डरको सार्वजनिक तथा निष्पक्ष रुपमा गरिए पनि दस्तावेजको प्रयोग भने एक नम्बर सैन्यस्थितिलाई कमजोर गर्ने मनसाय रहेको उल्लेख गरेका छन्।
यस्तै अन्य रिपोर्टमा भनिएको छ, ‘ केही महिना पहिले हिरासतमा लिइएको एक महिलाले ती अधिकारीको राजाविरुद्ध षडयन्त्र गरेको पोल खोलि दिएकी थिइन्।’
**( भुटानी प्रधानन्यायाधीशविरुद्ध षडयन्त्र गरेको हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ।)