झापाको एउटा होटलमा मनाइयो पूर्वरानी कोमलको जन्मदिन (७ तस्बिरहरु)

पूर्वरानीको जन्मदिनको अवसरमा खिचिएको तस्बिर।

झापा- पूर्वरानी कोमल शाहको ७१ औँ जन्मदिन शुक्रबार झापाको धुलाबारीस्थित एक होटलमा मनाइएको छ।

सीमित पारिवारिक सदस्यहरुबीच पूर्वरानी कोमलको जन्मदिन धुलाबारीस्थित मेची क्राउन होटलमा मनाइएको हो।

जन्मदिनको जमघटमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, उनकी पत्नी हिमानी शाहलगायत सहभागी थिए।

पूर्वयुवराज पारस पूर्वरानी कोमलको जन्मदिन मनाउन बिहीबारमात्र झापा पुगेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र र उनी पत्नी कोमल केही समययता झापामै बसिरहेका छन्।

पूर्वरानी कोमलको जन्मदिन मनाउने क्रममा खिचिएका केही तस्बिरहरु:

फाल्गुन ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्