फोटो फिचर
काठमाडौँ – भूकम्पले भत्किएको काठमाडौँ हाँडीगाउँको भीमसेन मन्दिर पुनर्निर्माण सम्पन्न भइ शनिबारदेखि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
पुनर्निर्माण सम्पन्न भएको भीमसेन मन्दिरको शनिबार उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।
२०७२ सालको वैशाखमा गएको भूकम्पका कारण भीमसेन मन्दिर क्षतिग्रस्त भएको थियो । सो मन्दिरलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको हो ।