अदालतलाई ओलीको धम्कीः देश र जनताको विपक्षमा फैसला भए आन्दोलन अगाडि बढ्छ

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लक्षित गर्दै धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन्।

विराटनगरमा नेकपा ओली समूहले शनिबार गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने बताएका हुन्।

उनले भने, ‘यदी कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिगडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडी बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ। त्यसकारण तपाईंहरुलाई आत्मविश्वासका साथ, धैर्यताका साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकासलाई मूलमन्त्र मानेर अगाडी बढ्नुस्।’

फाल्गुन ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्