कोरोनासँग कसरी व्यवहार गर्ने?

काठमाडौँ- साइन्टिस्ट नेपालले ‘कोरोनासँग कसरी व्यवहार गर्ने’भन्‍ने नाराका साथ जुममार्फत भर्चुअल अन्तर्राष्ट्रिय गोष्ठीको आयोजना गरेको छ।

शुक्रबार काठमाडौँमा जुममार्फत भएको गोष्ठीमा बंगलादेश र जापानका विज्ञहरुले आफ्नो देशमा महामारीका बेला कस्तो असर कस्तो रह्यो र यसको निन्त्रणका लागि कस्तो भूमिका रह्यो भन्ने उल्लेख गरेका थिए।

गोष्ठीमा विश्व स्वास्थ्य संगठनले विश्व र नेपालमा महामारीको नियन्त्रणको लागि गरेको कामका कारेमा चर्चा गरिएको थियो। विज्ञहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भइरहेका खोपका बारेमा समेत छलफल गरेका थिए।

साइन्टिस्ट नेपालले विश्वमा कोरोना संक्रमण तथा कोरोना महामारीको सुरुवाती दिनदेखि नै यस्ता थुप्रै जनचेतनामुलक अनलाइन कार्यक्रम गर्दै आएको छ।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्