मुक्तिनाथ विकास बैंकद्वारा ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल सहयाता सेवा सुरु

काठमाडौँ–मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन ) सहयाता सेवा आफ्नो वेबसाइट मार्फत सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले यस भर्चुअल सहयाता सेवा मार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ घण्टा लिन सक्ने बैंकले जनाएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतीबाट सञ्चालनमा ल्याएको छ। यस सेवाको लागि बैंकको वेबसाइट ९ धधध।mगपतष्लबतजदबलप।अयm।लउ ० मा गएर दायाँतर्फ ‘आस्क मुक्ति भाइ’ वा बैंकको मासकट ‘मुक्ति भाई ’किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटर्वक अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । यस्त्ै रनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्