जोकोभिच लगातार तेस्रोपटक अस्ट्रेलियन ओपन च्याम्पियन, नाडाल र फेडेररको कीर्तिमान बराबरी नजिक

सर्बियन स्टार नोभाक जोकोभिचले लगातार तेस्रो वर्ष अस्ट्रेलियन ओपन ग्रान्डस्लाम टेनिसको उपाधि जितेका छन्।

३३ वर्षीय जोकोभिचले आइतबार भएको वर्षको पहिलो ग्रान्डस्लामको फाइनलमा डानिल मेदभेदेवलाई ७-५,६-२ र ६-२ को सोझो सेटमा हराए। जोकोभिचले नवौँपटक अस्ट्रेलियन ओ‌पनको उपाधि जितेका हुन्।

उनले समग्रमा १८ औँ पटक ग्रान्डस्लाम टेनिसको उपाधि हात पारेका हुन्। उनी सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडीका रुपमा राफेल नाडाल र रोजर फेडेररको नाममा रहेको सर्वाधिक २० उपाधिको कीर्तिमान बराबरी गर्नबाट दुई उपाधिले मात्र टाढा छन्।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्