उद्योग वाणिज्य महासंघ प्रदेश–१ द्वारा विभिन्न समिति गठन

मोरङ– नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा विभिन्न समिति विस्तार गरिएको छ।

महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले तीन तहको सरकार र अन्य सरोकारवालासँग समन्वय गरी कार्य गर्न सहजताका लागि समिति गठन गरिएको जानकारी दिए।

संस्थागत कार्य छिटो र छरितो बनाउनका लागि र व्यवसायीहरुको हक अधिकार संरक्षणका लागि २३ समिति गठन गरिएको बताए। सो क्रममा महासंघ प्रदेश १ अध्यक्ष ढकालले कृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारी सम्हालेका छन्।

अध्यक्ष ढकालले महासंघ एसोसिएटतर्फका उपाध्यक्ष राजेन्द्र राउतलाई सदस्यता वितरण समितिको जिम्मेवारी दिएका छन्। नयाँ समिति गठनका क्रममा नगरतर्फका उपाध्यक्ष भीमबहादुर पौडेलले उद्योग वाणिज्य परिषदको जिम्मेवारी पाएका छन्।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार रमेशकुमार राठीले रोजगारदाता समिति र व्यापार मेला समितिमा रविन दाहाल चयन भएकाछन्।

उर्जा तथा वातावरण समितिमा श्रवणकुमार अग्रवाल, बैंक वित्तीय तथा विमा समितिमा सुवास आचार्य, स्वास्थ्य तथा सीप विकासमा राजन श्रेष्ठ चयन भएका छन्।

यस्तै कर तथा राजश्वमा देवकीनन्द अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविष श्रेष्ठ, भन्सार समन्वय समितिमा बिजेन्द्र परासर, सूचना तथा सञ्चार प्रविधि समितिमा कुमार भट्टराई चयन भएको कार्यकारी निर्देशक भण्डारीले जानकारी दिए।

मानव संशाधनमा वीरेन्द्र साह, घरेलु तथा साना उद्योगमा प्रितम खड्गी, शहरी विकासमा भूपालराज कट्वाल, सामाजिक विकासमा युवराज शाक्य, नीजि साझेदारी समन्वयमा पशुपति बराल, महिला उद्यमी विकासमा सरु केसी, स्थानीय आर्थिक विकासमा कुमारमणि पोखरेल, बस्तुगत समन्वयमा दिपक पाण्डे, ऐन कानुन नीति निर्माणमा सूर्य विमली, स्थल यातायात तथा पारवहन समिति र स्टार्ट अप र इनोभेसन समितिको सभापतिमा विनोद बस्नेत चयन भएको भण्डारीले जानकारी दिए।

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्