स्प्राइटले ल्यायो ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’नयाँ अभियान

काठमाडौँ-कोका–कोलाको लेमन-लाइम पेय पदार्थ स्प्राइटले ‘रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स’नामको नयाँ अभियान शुरू गरेको छ।

कम्पनीले आइतबार विज्ञप्ती जारी गर्दै कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, ‘नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउँने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ। हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पूर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहँछौं।’

 

फाल्गुन ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्