जोकोविचले जिते कीर्तिमानी नवौँ पटक अस्ट्रेलियन ओपनको उपाधि

विश्व नम्बर एक नोभाक जोकोविचले पुनः अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्।

साबिक विजेता जोकोविचले आइतबार भएको फाइनलमा डानिल मेडभेडेभलाई पराजित गरेर अस्ट्रेलियन ओपन टेनिसमा आफ्नो दबदबा कायम राखेका हुन् । जोकोविचले नवौँपटक सो उपाधि जिते ।

शीर्ष बरियताका जोकोविचले चौथो बरियताका रुसी खेलाडी मेडभेडेभलाई ७–५, ६–२ र ६–२ को सेटमा पराजित गरेका हुन् । ३३ वर्षे जोकोविचले १८ औँ ग्राण्डसलाम उपाधि जिते ।

सर्बियन जोकोविचले २५ वर्षे मेडभेडेभलाई लगातार तेस्रो पटक पराजित गरेका हुन् । दुई पटकसम्म ग्राण्डसलामको फाइनलमा पुगेका मेडभेडेभ दुवैपटक पराजित भएका छन् ।

जोकोविच पुरुष एकल तर्फ सर्वाधिक ग्राण्डसलाम उपाधि जितेका रोजर फेडेरर र राफयल नाडाल भन्दा दुवै उपाधि पछि रहेका छन् ।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्