बिग बोस १४ औँ संस्करणको उपाधि रुबिना दिलैकले जितिन्

भारतीय रियालिटी शो बिग बोसको १४ औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । टेलिभिजन अभिनेत्री रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।

रुबिनाले छोटी बहू, शक्ति सहितका टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण चर्चामा थिइन् ।

राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेकी छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।

शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए ।

राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन् । त्यसपछि उनले विजेताको घोषणा गरेका हुन् । खानले आउँदो ८ महिना भित्र अर्को सिजनका साथ फर्किने वाचा गरेका छन् ।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्