आफ्नो कामसँग प्रेम भयो भने जे पनि गरिन्छ–साम्राज्ञी

काठमाडौँ – नायिका साम्रज्ञी राज्यलक्ष्मीदेवी शाहले आफूले गर्ने काममा भिज्न सकियो र कामसँग प्रेम गर्न सकियो भने जे गर्न पनि तयार हुने बताएकी छन्।

उनले फेसबुकमा चलचित्र ‘तिम्रो मेरो साथ’ को छायाँकनको क्रममा खिचिएका केही तस्बिरहरु सार्वजनिक गरेकी छन्।

उनले जम्न लागेको चिसोमा ‘स्विमिङ पुल’ मा काम गरेको देखाएकी छन्। उनले पोस्टमा धेरै चिसो भएको उल्लेख गरेकी हुन्।

चलचित्रको गीतको छायँकनको साराङकोटको एउटा होटलमा गरिएको थियो।

रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी देवी शाहसँगै पुष्प खड्का रहेका छन्।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्