नमूना कृषि बजार दमकमा एनएमबी बैंकको क्युआर भुक्तानी कार्यक्रम

काठमाडौँ-एनएमबी बैंकले नगदरहित कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नमूना कृषि बजार, दमकमा क्युआर मार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न कार्यक्रमको आयोजना गरेको छ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ।उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले उक्त कृषि बजारको व्यवसायीको पसलमा विद्यतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए। कार्यक्रम दमक शाखाको अगुवाइमा भएको थियो।

यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसनकोतर्फ केन्द्रित रही नगद रहित समाज रूपान्तरणको दिशामा उन्मुख छ। एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि दमक न.पा. वडा नं. ६ का अध्यक्ष टेक बहादुर थापा, विशिष्ट अतिथि-उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ, अतिथिहरुः उद्योग वाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागांई, तरकारी तथा फलफूल व्यवसायी संघ, नमुना कृषि बजारका अध्यक्ष कुमार श्रेष्ठ, दमक न.पा. वडा नं. ६ का सदस्यहरु कमल कुमार श्रेष्ठ, सावित्रा प्रसाइ र कमला बस्नेत खाती, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, स्थानीय निकायका प्रतिनिधिहरु लगायत स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्