रियलमी ‘जीटी’स्मार्टफोन विश्वभर मार्च-४ मा सार्वजनिक हुने

काठमाडौँ-स्मार्टफोन कम्पनी रियलमीले आफ्नो पछिल्लो उत्पादन रेसलाई आधिकारिक नाम ‘रियलमी जीटी’ बाट बजारमा ल्याउने भएको छ।

‘रेस’ कोडनाम राखिएको यो मोबाइल फोन मार्च ४ मा विश्वभर एकैसाथ सार्वजनिक गर्न लागिएको हो।

चुनौतीदेखि उन्नतिसम्म नाराका साथ प्रविधि क्षेत्रमा बलियो हस्तक्षेप बनाउँदै गएको रियलमीको जीटी ब्राण्ड उत्पादनको पोर्टफोलियोमा उच्च पर्फमेन्स बनाउँदै विशेषगरी युवापुस्तामा द्रूत गतिमा ट्रेन्डसेटिङको रूपमा देखा पर्ने विश्वास कम्पनीको छ।

रियलमी स्मार्टफोनको क्षेत्रमा नयाँ ट्रेन्ड निर्माण गर्दै गएको कम्पनी हो। विशेष गरी वैश्विक सोच राख्ने युवाजमातका माझ यसका उत्पादन लोकप्रिय छन्।

यसको प्रविधि र डिजाइनले युवालाई ‘चुनौतीदेखि उन्नति’सम्मको आँट दिन्छ। सन् २०२० को तेस्रो त्रैमासिकमा सार्वजनिक ‘काउन्टरपोइन्ट’को रिपोर्टअनुसार विश्वमै उत्कृष्ट सात औँ नम्बरको बजार रियलमीको थियो।

रियलमी सबैभन्दा धेरै स्मार्टफोन विक्री गर्ने मूलधारको स्मार्टफोन ब्राण्ड मध्येको एक बनेको छ। सन् २०१९ मा ८०८ प्रतिशतले बजार वृद्धि गर्दै रियलमीले अढाई करोड मोबाइल फोन विक्री गरेर २०१९ का ४ वटै त्रैमासिक र २०२० का दुई त्रैमासिकमा सबैभन्दा तीव्र गतिमा उन्नति गरेको स्मार्टफोन ब्राण्ड बन्न सफल भयो।

हाल रियलमीका चीन, दक्षिण एसिया, यूरोप, रसिया, अस्ट्रेलिया लगायतका देशमा ६१ ठूला बजार र विश्वभर ५ करोड बढी प्रयोगकर्ता रहेका छन्।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्