जन्मदिन गंगा श्रेष्ठ मानवले ल्‍याए राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत

काठमाडौँ-आफ्नो ५२औं जन्मदिनको अवसरमा सोमबार गंगा श्रेष्ठ मानवले राष्ट्रप्रेमले ओतप्रोत नयाँ गीत बजारमा ल्याएका छन्।

राजेश पायल राईको लिड भोकल रहेको यस गीतको संगीत रमेश खड्काले गरेका छन्।

नेपाल १२५ जात-जाति र १२३ भाषा-भाषी भएको इन्द्रधनुषी देश हो भन्ने वास्तविकता गीतकारले आफ्नो गीतमा शब्दमार्फत भाव व्यक्त गरेका छन्।

नेपालमा बसोबास गर्ने मुख्यमुख्य राष्ट्रियता (जातीय र भाषिक समुदाय)हरूको गीतमा उल्लेख गरिएको छ।

यो गीत राष्ट्रिय एकताको नाममा कसैको पहिचान नस्वीकार्ने अनि पहिचानको नाममा नेपाली हूँ भन्ने नै बिर्सने यी दुबै अतिवादी विचलनविरुद्ध छ।

गीत हाइलाइट्स नेपालले वितरण गरेको छ। हाइलाइट्स नेपालको युटुव च्यानलमा गीत उपलब्ध छ।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्