हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा कुलमान घिसिङको जोड

अब नेपालको राजनीति बदलिनुपर्छ-कांग्रेसका प्रवक्ता शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा/फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनु पर्ने बताएका छन्।

सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता शर्माले भने, ‘अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न सक्दैन। देशले सामाजिक रुपान्तरणको भारी बोक्न सक्दैन। त्‍यसकारण राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्छ।’

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए। आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन बदलिएको नेपालकोनागरिक बन्‍न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्न चाहाना राख्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए। आफ्नो कार्यकालमा ३५-४० अर्ब नाफामा ल्याएको उनको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए। उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताए।

फाल्गुन १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्