नासाले सार्वजनिक गर्यो मंगलग्रहमा यान अवतरण गर्दाको भिडियो

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा आफ्नो यान पेर्सिवरेन्स रोवर अवतरणको भिडियो सार्वजनिक गरेको छ।
गएको हप्ता नासाले पठाएको रोवर मंगल ग्रहको सतहमा अवतरण गर्दाको अन्तिम केही मिनेटको भिडियो नासाले सार्वजनिक गरेको हो। भिडियोमा रोबर्टको चक्काले मंगलग्रहको सतहमा टेक्दै गरेको देखिन्छ।
रोवर अवतरण हुँदा मंगलग्रहको सतहमा रहेको धुलो र साना गिट्टीहरु उड्दै गरेको देखिएको छ।
Your front-row seat to my Mars landing is here. Watch how we did it.#CountdownToMars pic.twitter.com/Avv13dSVmQ
— NASA’s Perseverance Mars Rover (@NASAPersevere) February 22, 2021